काठमाडौं ः आइतबार देशभर थप १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार १२ हजार ६ सय ३२ जनाको नमूना परीक्षण गरिएको थियो । आठ हजार ८ सय ४८ जनाले पिसिआर र तीन हजार ७ सय ८४ जनाले एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार २ सय २४ जना कोरोनाबाट निको भएका छन् । यससँगै आइतबारसम्म निको हुनेको संख्या आठ लाख १४ हजार २ सय ३० पुगेको छ । आइतबारसम्म नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ३२ हजार ५ सय ८९ र एन्टीजेन विधिबाट परीक्षण गरिँदा ९७ हजार ४ सय १५ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।
पिसिआर विधिबाट परीक्षण गर्नेको संख्या ४९ लाख २८ हजार ६ सय २४ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको संख्या आठ लाख ५८ हजार ३ सय ७९ पुगेको छ । आइतबार कोभिडविरुद्धको खोप लगाउनेको संख्या ४५ हजार ४ सय ९३ रहेको छ । आइतबारसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ५५ रहेको छ ।
आइतबार कोरोनाबाट दुईजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइतबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ४ पुगेको छ । आइतबारसम्म भेन्टिलेटरमा रहनेको संख्या जम्मा १६ र आइसियुमा ७७ जना रहेका छन् । होम आइसोलेसनमा छ हजार १ सय २७, संस्थागत आइसोलेसनमा ६ सय २८ र क्वारेन्टिनमा १ सय १३ रहेका छन् ।






